त्रियुगा नगरपालिका अपडेटः ३२१७४ मत गणना हुँदा कांग्रेस अगाडि
काठमाडौं।उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार बस्न्त बस्नेतले अग्रता लिएका छन्।हालसम्म ३२१७४ मतगणना हुँदा बस्नेतले ११३३१ मत प्राप्त गरेका छन्।बस्नेतलाई पछ्याउँदै नेकपा एमालेका भागवत राउतले ९१९२ मत प्राप्त गरेका छन्।
निवर्तमान मेयर तथा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरी भने ७५५३ मत सहित तेस्रो स्थानमा रहेका छन्।त्रियुगामा एकीकृत समाजवादी र नेकपा(माओवादी केन्द्र)बीच गठबन्धन भएको छ।
उपमेयरमा भने एमालेकी महेश्वरी राई अगाडि रहेकी छिन्।राईले हाल १०१६४ मत प्राप्त गरेकी छिन्।कांग्रेसकी उम्मेदवार सरिता राई ९८१५ मत सहित महेश्वरीलाई पछ्उँदै गरेकी छिन्।माओवादीकी उम्मेदवार गिता खड्का भने ५७२० मत सहित तेस्रो स्थानमा रहेकी छिन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment