भूल भुलैया २ ले १० दिनमा कमाए १ सय २२ करोड

डिसी नेपाल
१६ जेठ २०७९ १२:५२
268
Shares

काठमाडौँ। कार्तिक आर्यन र कियारा आडवाणीको अभिनय रहेको फिल्म ‘भूल भुलैया २’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। फिल्मका अधिकांश शो हाउसफुल भइरहेको छ। भुल भुलैया २ ले धेरै कमाई गर्दै १०० करोडको क्लबमा सामेल भएको छ र यसको कमाई निरन्तर बढिरहेको छ ।

कार्तिक आर्यन र कियारा आडवाणी फिल्म ‘भुल भुलैया २’ मार्फत बक्स अफिसमा राज गरिरहेका छन् । फिल्मको दोस्रो सप्ताहन्त कमाईको हिसाबले उत्कृष्ट रह्यो । फिल्मले दोस्रो हप्तामा नै सय करोडको आँकडा पार गरेको छ ।

फिल्मले शनिबार ९ औं दिन ११.३५ करोड कमाएको थियो भने १० औं दिन आइतबार पनि फिल्मले राम्रो कमाई गरेको छ । भुल भुलैया २ ले आइतबार १२.७७ करोड कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन १० दिनमा १२२.६९ करोड पुगेको छ ।

भुल भुलैया २ ले पहिलो दिनमा १४.११ करोड कमाएर खाता खोलेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *