श्रीमतीको पुस्तक पढ्न किन चाहदैनन् आयुष्मान ?

डिसी नेपाल
१८ जेठ २०७९ ६:३७
296
Shares

मुम्बई। आफ्नो नयाँ फिल्म ‘अनेक’लाई लिएर मूलधारको हिस्सा हुने अभिनेता आयुष्मान खुरानाले हालै मात्र पत्नी ताहिराका बारेमा एक खुलासा गरेका छन्। उनले पत्नीे लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गर्दै पुस्तक नपढेको जनाएका छन्। पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेकी छन्।

आयुष्मानले आफूले पुस्तक नपढेको र त्यहाँ रहेका केही विवरणमा आफू अनविज्ञ रहेको दाबी गरेका छन्। ‘किनकी म निजी व्यक्ति हुँ। यसतो कुरालाई आफूमा मात्र राख्न चाहन्छु’, उनले भनेका छन्।

एक पाठकका लागि पुस्तक मनोरञ्जकका रुपमा आए पनि व्यक्तिगत रुपमा कोहीप्रति लक्षित रहेर कुरा गर्न अथवा उसले लेखेको पुस्तकको भित्री गहिराईसम्म पुगेर पढ्ने बानी नरहेको आयुष्मानले बताएका छन्।

आयुष्मान र ताहिरा बाल्यकालदेखि नै साथी हुन्, किनकी उनीहरुले एउटै स्कुलमा पढेका थिए । उनीहरुले सन् २००८ मा विवाह गरे। अहिले उनीहरुको दुई सन्तान छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *