राजेश खन्नाको बायोपिकबाट पछि हटिन् फराह

डिसी नेपाल
२० जेठ २०७९ ८:५२
380
Shares

मुम्बई। फिल्म ‘मै हुँ ना’बाट निर्देशकका रुपमा बलिउडमा डेब्यू गरेकी फराह खान बलिउडको प्रतिभावान निर्देशकका रुपमा चिनिन्छिन्।

त्यसो त उनी आफैंमा एक कुशल कोरियोग्राफर पनि हुन्। केही समयअघि मात्र फराहले बलिउडका सुपरस्टार राजेश खन्नाको बायोपिक निर्देशन गर्ने खबरले बलिउड गर्माएको थियो । तर अब भने यो गर्माएको माहोल फराहकै कारण चिसिएको छ।

गत वर्ष निर्माता निखिल द्विवेदीले आफूले राजेश खन्नाको बायोपिक बनाउने घोषणा गरेका थिए। धेरै फिल्मकर्मीले फिल्मको निर्देशन फराहले गर्ने अनुमान लगाएका थिए। यद्यपि फराहले हालसम्म निर्देशनबारे कुनै प्रतिक्रिया दिएकी थिइनन्।

तर हालैको एक अन्तरवार्तामा उनले आफू राजेश खन्नाको बायोपिकमा नजोडिएको खुलाएकी छन्। ‘हालसम्म मैले यो अवसरका लागि हुन्छ भनेकी छैन। म अहिले नै निर्देशनमा कमव्याक गर्ने सोचमा छैन । मलाई लाग्छ यो वर्षको अन्त्यमा म केही नयाँ योजना लिएर आउँदैछु’, फराहले भनेकी छन्।

फराहले झण्डै ८० फिल्मका करिब सय बढी गीतमा कोरियोग्राफी गरिसकेकी छन्। कोरियोग्राफीकै लागि उनले ६ फिल्म फेयर र एक नेसनल अवार्ड जितेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *