ब्युटी पार्लर गएकी नवविवाहित बेहुलीको मृत्यु

डिसी नेपाल
२१ जेठ २०७९ १४:५८
520
Shares

काठमाडौं । टेनिङ सैलुनभित्रै नवविवाहित बेहुलीले ज्यान गुमाएकी छन् । यो घटना बेलायतको एउटा टेनिङ सैलुनको हो । खासमा, केहि देशहरूमा मानिसहरूले कोरो हुन ट्रिटमेन्ट गराउँछन्, जबकि केही महिलाहरू कृत्रिम टेनिङ गर्न रुचाउँछन्। टेनिङ हासिल गर्न पराबैजनी विकिरण उपकरण मार्फत प्रयोग गरिन्छ।

टेनिङ सैलुनमा मृत्यु भएकी महिला न्यूजिल्याण्डकी थिइन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । टेनिङ सैलुनमा छिरेको २ घण्टापछि नवविवाहित बेहुलीको मृत्युको खबर बाहिरिएको छ । त्यसैगरी श्रीमानले यस मामिलामा टेनिङ सैलुनले लापरवाही गरेको आरोप लगाएका छन् ।

महिलाको नाम पियता तौहार (३०) हो । उनी मानसिक स्वास्थ्यकर्मी थिइन् । उनी मे २८ मा वेल्सको स्वान्सी टेनिङ सैलुनमा मृत फेला परेकी थिइन् । उनी मुटुको समस्याबाट पीडित रहेको बताइएको छ ।

उनले टेनिङ सैलुनमा ११ मिनेटको लागि आफ्नो सेसन बुक गरेकी थिइन् । यस क्रममा उनका पति इफान जोन्सले दुई घण्टासम्म फोन गरिरहे तर उनले कुनै जवाफ पाएनन् । पछि महिलाकी सासु पनि उनलाई खोज्दै त्यहाँ पुगेकी थिइन् ।

पियताका श्रीमान् इफानले आफ्नी श्रीमतीलाई भेट्ने जो कोहीले पनि उनी कति दयालु थिइन् भन्ने कुरा राम्ररी थाहा हुने बताए । उनलाई भेट्ने व्यक्तिले उनलाई सधैं सम्झिरहनेछ- उनले भने ।

यसैबीच न्युजिल्याण्ड हेराल्डसँग कुरा गर्दै पियताका श्रीमानले यस विषयमा टेनिङ सैलुनले लापरवाही गरेको आरोप लगाए। उनले श्रीमतीको मृत्युपछि सोधिएका प्रश्नको जवाफ चाहेको बताए । उनी भेटिएको कोठा रिसेप्शन डेस्कको ठीक अगाडि थियो, त्यसैले उनलाई कसैले देख्न नसक्ने अवस्था कसरी हुन सक्छ भनेर उनले सोधेका छन् ।

तर, टेनिङ सैलुनले परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएको छ । सैलुन कर्मचारी एम्मा कोलर माइल्सले थाहा पाउँदासम्म उनी (पियता)को मृत्यु भइसकेको बताइन् ।

साउथ वेल्स प्रहरीका डिटेक्टिभ इन्स्पेक्टर ग्यारेथ जोन्सले भने कि उनले मे २८ मा साँझ ४:०५ बजे यस विषयमा जानकारी पाएका थिए। यो जानकारी वेल्स एम्बुलेन्स सेवा द्वारा दिइएको थियो। जसमा भनिएको थियो कि महिलाको शव वेल्सको फोरेस्टफाचको कारमार्थन रोडमा रहेको व्यावसायिक परिसरमा फेला परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *