उडिरहेको विमानमा लात दाजुभाइबीच मुक्का चल्यो, एकले अर्कोमाथि पिसाब गरिदिए !

डिसी नेपाल
२१ जेठ २०७९ १५:३७
1.8k
Shares

काठमाडौं । फ्लाइटमा दुई दाजुभाइले हंगामा मच्चाए । उनीहरू दुवैले मादक पदार्थ सेवन गरेका थिए । दुवैले एकअर्कालाई कुटपिट गरे र लात मुक्का हाने । अवस्था यस्तो बन्यो कि विमानभित्रै यी मध्ये एक भाइले अर्कोमाथि पिसाब फेरे । उनीहरु साउथ ईस्ट लण्डनका बासिन्दा रहेको बताइएको छ ।

एयरलाइन्सले दाजुभाइलाई ७७ लाख रुपैया (५०,००० पाउण्ड) भन्दा बढी जरिवाना लगाएको छ र आजीवन उडानमा प्रतिबन्ध लगाए। ‘मिरर’को रिपोर्टका अनुसार यो कुरा गत मे १२ को हो । जहाँ जेट–२ को उडान लण्डनको स्टान्स्टेड विमानस्थलबाट ग्रीसको क्रेटतर्फ गइरहेको थियो ।

यो पूरै घटनाको भिडियो फ्लाइट भित्रका यात्रुले रेकर्ड गरेका थिए । यद्यपी यी यात्रुको परिचय भने खुलाइएको छैन । भिडियोमा ग्रीसका प्रहरी अधिकारीले एकजना भाइलाई तल झारेको देखिन्छ । एक यात्रुले विमानका कर्मचारीले यी दुई झगडालु दाजुभाइ बसेको सिट नजिकै भोड्काका खाली बोतल पनि फेला पारेको बताए ।

फ्लाइट भित्र दुवै दाजुभाइ आपसमा झगडा पनि गरिरहेका थिए । यी दुवैका यी हर्कतबाट विचलित भएर जेट–२ एयरलाइन्सका पाइलटले यी भाइहरूलाई अवतरण गराउनका लागि कोर्फु (ग्रीस देशको सहर) उडान भर्नुपरेको थियो । यी दुई दाजुभाइको यस्तो कारबाहीका कारण २०० यात्रु मर्माहत भएका छन् । सोही क्रममा उडान पनि करिब साढे चार घण्टा ढिलो भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *