किम कार्दाशियनको निवेदन अस्वीकार

डिसी नेपाल
२२ जेठ २०७९ ८:३४
256
Shares

लण्डन। लण्डनको बकिंघम दरबारमा हुने प्लाटिनम जुबली पार्टीमा सहभागिता जनाउनका लागि रियालिटी टेलिभिजन स्टार किम कार्दाशियनले दिएको निवेदनलाई दरबारका अधिकारीहरुले अस्वीकार गरेका छन्।

४१ वर्षीय किम हाल प्रेमी पिट डेविडसनका साथ लण्डनमा छिन्। यही मौकामा उनी पनि पार्टीमा उपस्थित हुने आँकलन गरिएको थियो । तर अधिकारीहरुले उनको निवेदनलाई अस्वीकार गरेपछि पार्टीमा सहभागी हुने उनको चाहना तत्कालका लागि तुहिएको छ।

‘किमलाई कुनै पनि कार्यक्रममा सहभागिताका लागि निषेध गरिएको छ। त्यहीकारण उनी बेलायत खासै जाँदिनन् । सम्भवत यही कारणले अधिकारीले उनको निवेदनलाई अस्वीकार गरेका हुन्’, किम निकट स्रोतले भन्यो।

कुल १० हजार टिकटको सार्वजनिक मतपत्रको माध्यमबाट यो शानदार पार्टीमा निमन्त्रणा गरिएको थियो । जसका लागि बेलायतमा प्रमुख व्यक्तिहरुलाई करिब ७ हजार ५ सय टिकट दिइएको थियो।

यो पार्टीमा डायना रोस, नाइल रोजर्ससँगै सर डेविड एटनबरो र डेभिड बेकहम सहभागी हुँदैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *