उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

डिसी नेपाल
२२ जेठ २०७९ ९:४७
508
Shares

प्योङयाङ। उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ। वासिंगटन र सीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो। चार वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका थिए।

आर्थिक प्रतिबन्धबीच प्योङयाङले आफ्नो आणविक कार्यक्रमको स्तरउन्नती गरेको छ। उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ। ‘उत्तर कोरियाले पूर्वी तटमा अपरिचित व्यालिस्टिक मिसाइल प्रहार गरेको छ’ सीउलका जोइन्ट चिफ अफ स्टाफले आईतबार भने।

उत्तर कोरियाबाट व्यालिस्टिक मिसाइल प्रहार गरेको हुनसक्ने रक्षा मन्त्रालयलाई उदृत गर्दै जापानको तटीय गार्डले जनाएको छ। उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ।

तर, प्रतिबन्धबीच उत्तरले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्दै आएको छ। आणविक गतिविधि रोक्न आफूमाथि लाग्दै आएको प्रतिबन्ध रोक्नुपर्ने प्योङयाङले माग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *