इंगेजमेन्ट भइसकेका आफ्ना प्रेमीलाई जेल हालेर चर्चामा आएकी महिला सई आफैं गिरफ्तार
काठमाडौं । असम पुलिसले शनिबार ती महिला सब इन्स्पेक्टरलाई पनि पक्राउ गरेको छ जसले गत महिना आफ्नो हुनेवाला पतिलाई ठगी मुद्दामा जेल पठाएकी थिइन् ।
मजुली प्रहरीले प्रहरी नायव निरीक्षक जुनमोनी राभालाई ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ गरेको त्यही अभियोगमा पक्राउ गरेको हो जुन अभियोगमा उनको मंगेतरलाई गत महिना पक्राउ गरेको थियो ।
सई जुनमोनी राभालाई पक्राउ गरेको पुष्टि गर्दै मजुलीका प्रहरी अधीक्षक गौतम बोराले बीबीसीलाई भने, “महिला नायव निरीक्षक जुनमोनी राभालाई आज विभिन्न आरोपमा पक्राउ गरिएको हो। यति धेरै आरोप फोनबाट बताउन सम्भव छैन तर मुख्यतः उनलाई धोखाधडी र ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।”
माजुलीमा पोस्टिङका क्रममा यी महिला प्रहरी अधिकृतले आफ्ना मंगेतरसँग मिलेर धेरैलाई ‘ठगी’ गरेको प्रहरीको आरोप छ ।
यसअघि दुई ठेकेदार रामअवतार शर्मा र अजित बोराले जुनमोनी राभाका मंगेतर राना पोगागविरुद्ध आर्थिक ठगी गरेको आरोपमा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए ।

जुनमोनी राभाले राणा पोगागसँग परिचय गराएको र यी महिला प्रहरीकै कारण पोगागलाई तेल तथा प्राकृतिक ग्यास निगम अर्थात ओएनजीसीबाट ठेक्का दिलाउन पैसा दिएको आरोप यी ठेकेदारहरूले लगाएका थिए ।
जुनमोनी राभाको नाम एफआइआरमा आएपछि मजुली प्रहरीले शुक्रबार सोधपुछ गरी शनिबार पक्राउ गरेको हो ।
महिला प्रहरीमाथि लागेका यी आरोपमा राना पोगागले ठगी गरेर जनतासँग लिएको पैसा जुनमोनीको बैंक खातामा लिएको बताइन्छ । जसमा मजुलीको क्यानडा बैंक खातामा ११ लाख ३३ हजार रुपैयाँ र एक्सिस बैंकको खातामा ९ लाख १४ हजार रुपैयाँ लिएको आरोप छ ।
जुनमोनीकी मंगेतर राना पोगाग हाल नौगाउँ कारागारमा छन्, उनी भारतीय दण्ड संहिताको धारा १२०बी, १७०, ४०६, ४१९, ४२०, ४६८, ४७१ र ४७२ अन्तर्गत पक्राउ परेका छन्।
जुनमोनी र राणाले गत वर्ष अक्टोबरमा इन्गेजमेन्ट गरेका थिए भने यसै वर्ष नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । तर त्यसअघि जुनमोनी राभाले गत महिना आफ्नो मंगेतरलाई ठगीलगायत विभिन्न आरोपमा पक्राउ गरिन् ।
जुनमोनी राभा आफैंले आफ्ना मंगेतर राणाविरुद्ध नौगाउँ प्रहरी चौकीमा किटानी जाहेरी दिएकी थिइन् र सञ्चारमाध्यममा धेरै आरोप लगाएकी थिइन् कि आफूले जीवनसाथी बनाउन लागेको व्यक्ति वास्तवमा कथित धोखेबाज हुन् भन्ने कुरा इन्गेजमेन्टपछि मात्र थाहा भएको थियो ।
यो पनि पढ्नुहोस् – इंगेजमेन्ट भइसकेका आफ्ना प्रेमीलाई जेल हाल्ने महिला सई
जुनमोनीले आफ्नो पहिलो भेटमा राना पोगागले आफूलाई ओएनजीसीको जनसम्पर्क अधिकारीको रूपमा वर्णन गरेका थिए, जसले उनी प्रभावित भएको बताएकी थिइन्।
वास्तवमा, जुनमोनीको माजुली निवासी पोगागसँग गत वर्ष जनवरीमा माजुलीमा पोस्टिङ हुँदा पहिलो भेट भएको थियो। धेरै भेटघाटपछि दुवै प्रेममा परे र केही महिनापछि परिवारको आशीर्वादमा दुवैले इन्गेजमेन्ट गरे ।
आफ्नो इन्गेजमेन्ट र त्यसपछि ठगीको विषयमा जुनमोनीले भनेकी थिइन्, ‘म माजुलीमा पोस्टेड थिएँ र २०२१ जनवरीमा उनीसँग भेटेँ। मेरो चिनजानका स्टेसन इन्चार्जले उनीसँग भेट गराएका थिए । उनको प्रहरी अधिकृतहरूसँग चिनजान थियो त्यसको एउटा कारण उनी ठगीको काममा संलग्न हुनु पनि हुन सक्छ । त्यसैले प्रहरीसँग परिचय कायम राख्दा भविष्यमा सहयोग पुग्छ भन्ने उनलाई लागेको हुन सक्छ । उनको त्यस्तो मानसिकता हुनुपर्छ ।”
तर अहिले जुनमोनीको गिरफ्तारी र उनीमाथि लगाइएका सबै आरोपले उनलाई आफ्ना मंगेतरको ठगीसँग सम्बन्धित कामको बारेमा पहिल्यै थाहा थियो भन्ने तथ्यलाई औंल्याउँछ।
प्रहरीको आरोप अनुसार मंगेतरसँग मिलेर ठगी गर्ने कार्यमा उनी आफैं संलग्न रहेको र माजुलीका धेरैलाई लाखौं रुपैयाँ ठगी गरेकी थिइन् ।

आफ्ना मंगेतर राणाविरुद्ध किटानी जाहेरी दिएपछि जुनमोनीले राणाले २५ लाख ठगी गरेको व्यक्ति आफैं आएर सबै कुरा बताएको भनेकी थिइन् । यति धेरै खुलासा गरेर आफ्नो मंगेतरलाई पक्राउ गरी जेल पठाएको खबर आएपछि सामाजिक सञ्जालमा उनको निकै प्रशंसा भएको थियो तर अहिले यी सबै आरोपमा उनी आफैं पक्राउ परेकी छिन् ।
महिला प्रहरी अधिकारीको रूपमा उनको प्रशंसा गर्नुको अर्को कारण पनि थियो। किनभने यस वर्षको जनवरीमा जुनमोनीले टेलिफोन बहसका क्रममा सत्तारुढ भाजपा विधायक अमिय कुमार भुइयालाई जनप्रतिनिधिको जिम्मेवारी बुझाएकी थिइन् । फोनमा भएको कुराकानीको क्लिप मिडियामा बाहिरिएपछि खैलाबैला मच्चिएको थियो ।
वास्तवमा, विधायकले जुनमोनीलाई प्रहरीले नियन्त्रणमा लिएको डुङ्गालाई लिएर आदिवासीहरूको पछि नलाग्न भनेका थिए।
तर जुनमोनीले विधायकलाई नै जिम्मेवारी सिकाउँदै आफू निर्वाचित जनप्रतिनिधि भएर पनि कसरी प्रहरीलाई ‘कानुन र नियम तोड्न’ भन्न सक्नुहुन्छ ? भनेकी थिइन् । यी दुईबीचको कुराकानीको क्लिप बाहिर आएपछि मानिसहरूले महिला प्रहरीको साहसको तारिफ गरेका थिए ।
तर अब सब इन्स्पेक्टर जुनमोनी पक्राउको खबर आएपछि सामाजिक सञ्जालमा जहाँ केहीले असम प्रहरीको तारिफ गरिरहेका छन्, केहीले जुनमोनीले प्रहरीको नामको गलत फाइदा उठाएको बताएका छन् । तर, प्रहरी हिरासतमा अदालत लैजाँदै गर्दा जुनमोनीले सञ्चारमाध्यममा आफूविरुद्ध षड्यन्त्र रचिएको र आफूलाई यस मुद्दामा फसाइएको बताइन् ।







डिसी नेपाल







Facebook Comment