बिग बोस होस्टमा नागार्जुनको स्थानमा समान्था
काठमाडौँ। दक्षिण भारतीय अभिनेत्री समान्था रुथ प्रभु दर्शकमाझ रुचाइएकी अभिनेत्री हुन् भन्दा फरक नपर्ला। हालै फिल्म ‘पुष्पा’को गीत ‘ओ अन्टावा’मा आइटम गर्लका रुपमा देखिएकी समान्थालाई दर्शकले उत्तिकै मन पराए।
यिनै समान्थाले तेलुगू भर्सनको ‘बिग बोस ’ होस्ट गर्ने भएकी छन्। उनले यो विषयमा केही बताएकी छैनन्। यदी यो कुरा सत्य हो भने उनले पूर्व ससुरा अक्किनेनी नागार्जुनलाई ‘रिप्लेस’ गर्नेछिन्।
‘बिग बोस’ तेलेगु ६ को तीन सिजन ३, ४ र ५ नागार्जुन अक्किनेनीले होस्ट गरेका थिए। ‘बिग बोस’को हिन्दी भर्सनमा दर्शकले अभिनेता सलमान खानलाई रुचाएजस्तै तेलुगु भर्सनमा नागार्जुनलाई उत्तिकै रुचाइन्छ।
समान्थाले होस्ट गर्ने भएपछि दक्षिण भारतीय फिल्मको बजार गर्माएको छ। सबैको चासो के समान्थाले आफ्ना पूर्व ससुराले राखेको बिग बोसको इज्जतलाई कायम गर्न सक्छिन् भन्नेमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment