यसकारण समान्थाले गरिनन् शाहरुखसँग सहकार्य

डिसी नेपाल
२२ जेठ २०७९ १२:१४
144
Shares

बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गरे। शाहरुखको यो फिल्मको निर्देशक दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन्। फिलम आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ।

फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवरको अभिनय छ। फिल्म हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।

फिल्म निकट स्रोतका अनुसार फिल्मको पहिलो रोजाइमा अभिनेत्री नयनतारा थिइनन्। यो फिल्मका लागि समान्था रुथ प्रभुलाई सम्पर्क गरिएको थियो। तर उनले प्रस्ताव अस्वीकार गरिन्।

समान्था पति नागा चैतन्यका साथ पारिवारिक योजनामा त्यो समय रहेकाले उनले शाहरुखको फिल्ममा अभिनय गर्न चाहेकी थिइनन्। यहीकारण निर्माताले समान्थाको स्थानमा नयनतारालाई छनोट गरे। अक्टाेबर २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत अलग्गिने घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *