टर्कीले सडेको भनेर फर्काइदिएको भारतीय गहुँ इजिप्टले पनि लिन मानेन, पहिले लिन तयार थियो

डिसी नेपाल
२२ जेठ २०७९ १२:१८
5.5k
Shares

काठमाडौं । अब भारतीय गहुँ निकासीको मामिलामा नयाँ ट्विस्ट आएको छ । अहिले अफ्रिकी देश इजिप्टले करिब ५५ हजार टन गहुँलाई आफ्नो देशमा प्रवेश दिन अस्वीकार गरेको छ । सुरुमा यो गहुँ टर्की जाने थियो।

रोयटर्सले इजिप्टको प्लान्ट क्वारेन्टाइन प्रमुख अहमद अल अत्तारलाई उद्धृत गर्दै भने कि ५५,००० टन गहुँ बोकेको जहाजलाई इजिप्ट प्रवेश गर्नु अघि नै अस्वीकार गरिएको थियो। यसअघि टर्की क्वारेन्टाइन अधिकारीहरूले पनि यस जहाजको आगमनमा प्रतिबन्ध लगाएका छन्।

भारतीय गहुँमा रुबेला भाइरस भेटिएको गुनासो आएपछि टर्कीले उक्त खेप अस्वीकार गर्दै फिर्ता गरेको हो । त्यसपछि त्यही गहुँ इजिप्ट पठाइयो । तर, टर्कीमा पठाइएको गहुँ सिधै भारतबाट निकासी भएको होइन । यसलाई भारतीय कम्पनी आईटीसी लिमिटेडले नेदरल्याण्डमा रहेको कम्पनीलाई बिक्री गरेको थियो । त्यसपछि त्यहाँबाट यो गहुँ टर्की पुग्यो ।

टर्कीले अस्वीकार गरेपछि खबर आयो कि यो खेप एक इजिप्टका व्यापारीले किने र जहाज अहिले गहुँ लिएर अफ्रिकी देश इजिप्टतर्फ प्रस्थान गरेको छ। अब इजिप्टले पनि यो गहुँलाई ‘नो एन्ट्री’ बोर्ड देखाएको रोयटर्सले जनाएको छ ।

छुट्टै समाचारमा, भारत सरकारले इजिप्टमा गहुँ निर्यात गर्न भन्सार क्लियरेन्स पर्खने पुष्टि गरेको छ। यसअघि टर्कीबाट गहुँ फर्किएपछि बिहीबार खाद्य सचिव सुधांशु पाण्डेले भारतबाट गहुँ पठाउनुअघि क्वारेन्टाइन र अन्य आवश्यक प्रक्रिया पूरा भइसकेको बताएका थिए । उनले गहुँ लिन नमानेको विषयमा टर्कीका अधिकारीसँग वार्ता नभएको बताए ।

इजिप्ट विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता हो। मे महिनामा इजिप्टका खाद्य आपूर्ति मन्त्री अली मोसेल्हीले भारतबाट सीधै ५ लाख टन गहुँ खरिद गर्ने सम्झौता गरेका थिए। यो सम्झौता सामान्य टेन्डर प्रक्रियाबाट अलग हुने थियो, तर अहिलेसम्म हस्ताक्षर भएको छैन। यसअघि अप्रिलमा इजिप्टको कृषि मन्त्रालयले भारतबाट गहुँ आयात गर्न अनुमति दिएको थियो ।

रुस–युक्रेन युद्धका कारण विश्वभर गहुँको माग र आपूर्तिबीचको खाडल बढेको छ । यसको असर इजिप्टमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारमा युरोपेली संघ (इयु)को गहुँको मूल्य प्रतिकिलो ४३ रुपैयाँको हाराहारीमा छ भने भारतीय गहुँ २६ रुपैयाँमा बिक्री भइरहेको छ । दुईको मूल्यमा प्रतिकिलो १७ रुपैयाँको अन्तर छ ।

भर्खरै मे १३ मा भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो । यसअघि भारतले टर्कीलाई ५६ हजार टन गहुँ पठाउन स्वीकृति दिएको थियो । सोही क्रममा इजिप्टका खाद्यमन्त्री अली मोसेल्हीले पनि भारत र इजिप्टबीचको सम्झौतामा यो प्रतिबन्धले असर नपर्ने भन्दै यी प्रतिबन्धले दुई सरकारबीचको आयात–निर्यातमा असर नपर्ने स्पष्ट पारेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *