शानसँग मूसेवालाको हत्याको जिम्मेवारी लिने लरेन्स विश्नोइ यतिसम्म डरपोक !

डिसी नेपाल
२२ जेठ २०७९ १३:०७
35.4k
Shares

काठमाडौं । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि सामाजिक सञ्जालमा गर्वका साथ यसको जिम्मेवारी लिने ग्याङ्स्टर लरेन्स विश्नोइ अहिले यति डराएका छन् कि उनले दिल्ली उच्च अदालतमा सुरक्षाको लागि निवेदन समेत दिएका छन् ।

उनले यसरी सुरक्षाको लागि निवेदन दिएको यो पहिलो पटक होइन। सामाजिक सञ्जालमा आफ्ना लाखौं फलोअर्सका अगाडि झुटो बहादुरी देखाउने लरेन्सले अहिलेसम्म ६ पटक इन्काउन्टरको डरले ज्यानको भिख माग्दै अदालत पुगेका छन् ।

यो सत्य लरेन्सको मात्रै होइन हरेक गुण्डाको हो । भारतीय अखबार दैनिक भास्करले वास्तवमा कति डरपोक गुण्डाहरू छन् भनेर पत्ता लगाउन खोजेको छ। आनन्दपाल र लरेन्स जस्ता खतरनाक अपराधीलाई पक्रने प्रहरी अधिकारीको भनाइपछि उनीहरूको वास्तविक अनुहार बाहिर आएको हो ।

वास्तवमा यी अपराधीहरूले हतियारको भरमा मात्रै डर पैदा गर्छन् । ग्याङ्स्टर लरेन्स मृत्युलाई अगाडि देखेर यति डराए कि हात जोड्न थाले । आनन्दपाल खुट्टामा लडेर बिन्ती गर्न थालेका थिए । एन्काउन्टरको डरले आनन्दपालका परिवारले राज्यपाललाई निवेदन दिएका थिए ।

एके–४७ जस्ता हाईटेक हतियारसहित फोटो खिचेर हेडलाइनमा बसेका गुण्डा नाइके विक्रम उर्फ ​​पपला गुर्जरका वकिलले जेल प्रशासनसँग उनलाई अदालतमा लैजाँदा साङ्लोले बाँधेर अदालतसम्म पुर्‍याउन माग गरेका थिए । ताकि पुलिसले उनलाई ोन्काउन्टरमा मार्न नसकोस् ।

दुई प्रहरी हवल्दारको हत्या गर्ने कुख्यात तस्कर राजु फौजीलाई प्रहरीले घेरेपछि यति डराएका थिए कि उनले गोली नचलाउन बिन्ती गर्न थाले । अर्का एक यस्ता अपराधी पनि छन् जसले हरेक अपराध पछि मृत्युको डरले आत्मसमर्पण गर्छन् ।

पछिल्लो समय लरेन्स विश्नोइका वकिलले पंजाब पुलिसले कस्टडीको माग गरेर उनलाई इन्काउन्टरमा मार्न सक्ने आशंका व्यक्त गरेका छन् । लरेन्सको अनुहारमा मृत्युको यो डर राजस्थानमा पनि देखिएको थियो । अदालतमा पेशीको क्रममा उनले कैयौं पटक सुरक्षा मागेका थिए ।

लरेन्स विश्नोइका वकिलले १३ डिसेम्बर २०१९ मा एडिजे-६ तनसुख चारणको अदालतमा अर्जी पेश गर्दै पुलिसले उनको इन्काउन्टर गर्न सक्ने बताएका थिए । उनले अदालत लैजाने क्रममा गाडिमा सीसीटीभी जडान गर्न र हथकडी लगाएर लैजान माग गरेका थिए ।

लरेन्स विश्नोइले २६ अगस्ट २०२० मा भरतपुरको सेन्ट्रल जेल सेवरमा सजाय काट्ने क्रममा अदालतमा निवेदन पेश गर्दै भनेका थिए ‘हरियाणा पुलिसले मलाई प्रोडक्सन वारेन्टमा लैजान चाहन्छ । मेरो हात र खुट्टा बाँधेर हरियाणा लगियोस् ताकि पुलिसले भागेको आरोप लगाएर इन्काउन्टर नगरोस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *