शाहरुखमाथि पाँच अर्बको लगानी

डिसी नेपाल
२२ जेठ २०७९ १५:०४
1.2k
Shares

सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए। तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए। अब फ्यानका लागि प्रतिक्षाको घडी सकिएको छ।

शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन्। जसमा यशराज प्रोडक्सनको व्यानरमा बनिरहेको एक्सन स्पाई फिल्म ‘पठान’, राजकुमार हिरानीको फिल्म ‘डंकी’ र दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारको फिल्म ‘जवान’ छन्। केही दिन अघिमात्र शाहरुखले ‘जवान’को टिजर सार्वजनिक गरेका थिए।

‘शाहरुख एक वर्षमा आफ्ना तीन फिल्मका साथ दर्शकलाई मनोरञ्जन दिन तयार छन्। यी तिनवटै फिल्मको बजेट उच्च छ। तीन फिल्मको कुल बजेट करिब ५०० करोड (पाँच अर्ब)सम्म छ । शाहरुखको स्टारडमलाई हेर्दै निर्माताहरुले उनको फिल्ममा लगानी गर्न कुनै कसुर बाँकी राखेका छैनन्’, स्रोतले भनेको छ।

फिल्म ‘पठान’ २५ जनवरी, २०२३ मा रिलिज हुँदै छ। फिल्ममा शाहहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया प्रमुख भूमिकामा छन् । फिल्ममा सलमान खानको केमियो पनि छ।

फिल्म ‘डंकी’मा पहिलोपटक अभिनेत्री तापसी पन्नु शाहरुखसँग रोमान्स गर्दैछिन्। राजकुमार हिरानीको निर्देशन रहने फिल्म कमेडीसँगै इमोसनल ड्रामा फ्लेभरको हुनेछ। फिल्म २२ डिसेम्बर, २०२३ मा रिलिज हुनेछ।

फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, सान्या मल्होत्रा, सुनील ग्रोवरलगायतका कलाकारको अभिनय छ। फिल्म २ जुन २०२३ मा रिलिज हुँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *