एकै परिवारका ५ जनाको सामूहिक आत्महत्या !

डिसी नेपाल
२२ जेठ २०७९ १४:५६
2.9k
Shares

काठमाडौं । बिहारको समस्तीपुर जिल्लामा एकै परिवारका पाँच जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । घटना विद्यापतिनगर प्रहरी चौकी क्षेत्रको मउ धनेशपुर दक्षिण गाउँको हो । आर्थिक अभावका कारण परिवारले आत्महत्या गरेको बताइएको छ ।

मृत्यु हुनेमा ४२ वर्षीय मनोज झा, ३८ वर्षीय सुन्दरमणि, ६५ वर्षीया सीतादेवी, १० वर्षीय सत्यम र ७ वर्षीय शिवम रहेका छन् । जानकारीका अनुसार मनोज यस घरमा श्रीमती सुन्दरमणि, आमा सीतादेवी र छोराछोरी सत्यम र शिवमसँग बस्दै आएका थिए । मनोजका दुई छोरी पनि छन्, जसमध्ये एउटी छोरी निभा श्रीमानसँउै माइती आएकी थिइन् ।

आफु र श्रीमान् अर्को कोठामा सुतेको निभाले बताइन् । बिहान उठ्दा छेउको कोठा खुला रहेको र घरका पाँच जनाको शव झुण्डिएको देखे । शव देखेपछि उनीहरू चिच्याउन थाले, जुन सुनेर वरपरका मानिसहरू पनि जम्मा भएका थिए ।

तत्कालै प्रहरीलाई खबर गरियो । प्रहरीले पाँचै जनाको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ । यो घटनापछि इलाकामा तनाब मच्चिएको छ । घटनास्थल नजिक मानिसहरुको भीड जम्मा भएको थियो । प्रहरीले ठूलो मुस्किलले भीडलाई हटायो।

दलसिंहसराहका एसपी हृदयकान्तले पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको बताए । त्यसपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुन्छ । मृतकले ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मनोजले छोरीको बिहेका लागि ऋण लिएका थिए । परिवारमा ऋणको दबाब थियो, जसका कारण उनीहरू निकै चिन्तित थिए । आर्थिक अभावका कारण घरपरिवार निकै कष्टकर भएको छिमेकीले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *