पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि भाजपा नेतृ नुपुर शर्मा पार्टीबाट निष्काशित

डिसी नेपाल
२२ जेठ २०७९ १६:५१
180
Shares

काठमाडौं । एक टेलिभिजन कार्यक्रममा पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि विवादमा आएकी भाजपा नेतृ नुपुर शर्मालाई पार्टीबाट निलम्बन गरिएको छ ।

समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार भारतीय जनता पार्टीले नुपुर शर्मालाई पार्टीको प्राथमिक सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको छ । नुपुर शर्मा बाहेक भाजपाले अर्का पार्टीको दिल्ली इकाईका नेता नवीन कुमार जिन्दलको प्राथमिक सदस्यता निलम्बन गरेको छ।

नुपुर शर्माले गत महिना टाइम्स नाउको प्यानलमा भाग लिएकी थिइन्। जसमा ज्ञानवापी मस्जिदको विवादको चर्चा भइरहेको थियो । जब नुपुर शर्माले आफ्नो कुरा राखिन् उनले त्यसमा केही यस्तो भनिन्, जहाँबाट यो सम्पूर्ण विवाद सुरु भयो । उनलाई पैगम्बर मुहम्मदमाथि आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियो र त्यसबेलादेखि उनीविरुद्ध लगातार कारबाहीको माग भइरहेको छ।

उनको बयानको भिडियो पेशाले पत्रकार र तथ्य जाँच गर्ने वेबसाइट अल्ट न्यूजका सह-संस्थापक मोहम्मद जुबैरले आफ्नो ट्विटर खातामा साझा गरेका थिए र नूपुरले पैगम्बर मोहम्मदमाथि विवादास्पद टिप्पणी गरेको आरोप लगाएका थिए। त्यसपछि यो विषयले उग्ररुप लिन थाल्यो र भारत–पाकिस्तानमा सामाजिक सञ्जालमा निकै विरोध भएको थियो ।

त्यही क्रममा बीजेपी दिल्लीका प्रवक्ता नवीन कुमार जिन्दलले पनि अल्पसंख्यक समुदायविरुद्ध ट्विट गरेर विवाद खडा गरेका थिए । यसका धेरै कडा प्रतिक्रिया पनि आए । नवीन कुमार जिन्दलले दिल्ली प्रहरीमा आफूलाई ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *