पाठेघर तथा स्तन क्यान्सरबाट कसरी बच्ने?

डिसी नेपाल
२७ जेठ २०७९ १२:२०
236
Shares

काठमाडौं । राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेसनले भक्तपुर क्यान्सर अस्पतालसँगको संयुक्त आयोजनामा ‘पाठेघर तथा स्तन सम्बन्धी जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको छ ।

बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले क्यान्सर रोकथामका लागि जनचेतना नै महत्वपूर्ण काम भएको उल्लेख गरे ।

उनले ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम’ हुने भएकोले आफ्नो शरीरप्रति हरेकले ध्यान दिनुपर्नेमा जोड दिए । डा. पौडेलले भने, ‘पाठेघरको मुखको क्यान्सरविरुद्धको भ्याक्सीन आइसकेकोले महानगरलगायत सम्पूर्ण स्थानीय निकायहरूले त्यसतर्फ गम्भीरतापूर्वक सोची भ्याक्सीनेसनलाई प्रभावकारी रूपमा परिचालित गर्नु आजको आवश्यकता हो । त्यसो हुनसकेमा आगामी दिनमा पाठेघरको क्यान्सर तुलनात्मक रूपमा घटेर जाने विश्वास गर्न सकिन्छ ।’

डा. पौडेलले फाउण्डेसनको प्रशंसा गर्दै अस्पतालले यस किसिमका सेवा कार्यमा सहयोग गर्ने बताए । कामनपा वडा नं. ३१ का वडाध्यक्ष सरोज ढकाल सेवामूलक काममा आफ्नो सधैँ साथ रहने बताए ।

फाउण्डेशनका अध्यक्ष पूर्व बैंकर जनार्दन आचार्यले फाउण्डेशनले क्यान्सर अस्पतालको सहयोगमा यस वर्ष १४ वटा क्यान्सर स्कृनिङ क्याम्प र १४ वटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

दुई वर्षअघि आफ्ना छोरा डा. राजेश आचार्यको क्यान्सरबाट निधन भएपछि क्यान्सरका क्षेत्रमा केही सेवामूलक कार्य गर्ने उद्देश्यले फाउण्डेशनको स्थापना गरिएको आचार्यले बताए ।

कार्यक्रममा सुरज लामिछानेले फाउण्डेसनका विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा डा. सृष्टी प्रजापतिले स्तन क्यान्सर र पाठेघरको क्यान्सरका विषयमा स्लाइड शो गर्दै रोगका बारेमा विस्तृत जानकारी दिइन् ।

उनले समयमा नै थाहा पाएर उपचार गर्न सके क्यान्सर निको हुनेमा जोड दिँदै समय समयमा अस्पताल गएर स्वास्थ्य जाँच गराउन उनले उपस्थित सबैसँग आग्रह गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.