लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

डिसी नेपाल
३१ जेठ २०७९ ११:१७
11.2k
Shares

काठमाडौं। लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई घरमै पुगेर हातपात गरेपछि प्रहरी उनलाई नियन्त्रणमा लिएको हो। एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गर्दे कुटपीट गरेकी थिइन्।

प्रहरीका अनुसार विमला मंगलबार बिहानै कुटपीट गरेकी थिइन्। उनले ‘मेरो एकराज खोइ ?’ भन्दै श्रीमती र छोरीलाई कुटपीट गरेपछि परिवारका सदस्यहरुले प्रहरी बोलाएर जिम्मा लगाएका थिए।

विमला एकराजको घरमा पुगेर लफडा गरेपछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन्। जेठाजुले प्रहरी बोलाएका थिए। इप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो।

एकराज र मीनाका एक छोरा र एक छोरी छन्। विमलाका पनि दुई छोरा छन्। विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो । विमलाका श्रीमान उत्तरकुमार वलीको निधन भएपछि एमालेले उनलाई प्रदेश सभाको टिकट दिएर प्रदेश सभामा पठाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.