क्यान्सरदेखि चायाँसम्मका लागि फाइदाजनक ‘टमाटरको जुस’

डिसी नेपाल
१ असार २०७९ ११:०४

काठमाडौं । तरकारी, सलाद, सूप, जुसजस्ता कुरामा धेरैले टमाटरको प्रयोग गर्ने गर्छन्। टमाटर सबैको भान्सामा प्रयोग भईरहेको हुन्छ । टमाटरले खानाको स्वाद मिठास्पन भरिदिन्छ। टमाटरको जुस स्वास्थ्यका लागि मात्र नभई कपाल र छालालाई जवान राख्न प्रभावकारी हुन्छ । त्यसैले आज हामी टमाटरको जुसले स्वास्थ्य र सौन्दर्य मा पुर्याउने फाइदाहरूबारे कुरा गर्नेछौं। टमाटरको जुसमा भिटामिन ए, बी कम्प्लेक्स, भिटामिन के, आइरन, म्याग्नेसियम, फस्फोरस जस्ता खनिजहरू पाइन्छ। आउनुहोस् टमाटरको जुसका स्वास्थ्य लाभहरू के के छन् थाहा पाउनुहोस् ।

टमाटरको जुसका फाइदाहरु:
टमामटरको जुसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ। जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। आँखाको हेर्ने क्षमतामा सुधार गर्छ र आँखासँग सम्बन्धित रोग लाग्ने जोखिम कम गर्छ। यी सबै पोषक तत्वहरूले दाँत र हड्डीहरूलाई पनि बल दिन्छ। यसमा पाइने भिटामिन सीले छालालाई स्वस्थ र नरम राख्ने कोलाजेन निर्माण गर्दछ ।

टमाटरको जुस पिउनाले उच्च कोलेस्ट्रोलको रोकथाममा पनि मद्दत गर्छ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले शरीरमा हुने खराब कोलेस्ट्रोललाई तोड्न मद्दत गर्छ। यसमा नियासिन वा भिटामिन बी ३ पनि हुन्छ। जसले कोलेस्ट्रोलको स्तर बढ्न दिँदैन। यदि तपाईं उच्च कोलेस्ट्रोलबाट पीडित हुन चाहनुहुन्न भने, तपाईंले हप्तामा दुई वा तीन पटक टमाटरको जुस पिउन सक्नुहुन्छ।

तौल घटाउन चाहनुहुन्छ भने टमाटरको जुस पिउन सक्नुहुन्छ । यसले तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेटेड राख्छ। यसमा सोडियमको मात्रा कम र फाइबरको मात्रा धेरै हुन्छ, जसले गर्दा शरीरलाई कमजोर महसुस हुँदैन र चाँडै भोक लाग्दैंन। यसले शरीरलाई आवश्यकताअनुसार धेरै प्रकारका पोषक तत्व र क्यालोरीहरू उपलब्ध गर्दछ। जसले मेटाबोलिक प्रक्रियालाई असर गर्दैन। यसमा क्यालोरीको मात्रा पनि एकदमै कम हुन्छ। जसले गर्दा यो तौल घटाउनको लागि राम्रो आहार हो।

आजकल, कब्जियतको समस्याले धेरैलाई सताउँछ। जसका कारण उनीहरूको आन्द्राको चाल ठीकसँग हुन सक्दैन। टमाटरको जुस खानुहोस्, कब्जियतको समस्या हट्छ । किनभने यसमा फाइबर हुन्छ। जसले कलेजोलाई स्वस्थ राख्छ। पाचनशक्तिमा सुधार गर्छ। कब्जियत हुन दिँदैन।

टमाटरको जुसमा लाइकोपीन प्रशस्त मात्रामा पाइन्छ । यो लाइकोपीनको कारणले टमाटर रातो हुन्छ । जुन फ्याट(घुलनशील एन्टिअक्सिडेन्ट हो। लाइकोपीनले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, कोलोरेक्टल क्यान्सर, फोक्सोको क्यान्सर, कोरोनरी आर्टरी डिजिज, प्यान्क्रियाटिक क्यान्सर आदि धेरै क्यान्सरको जोखिम कम गर्न सक्ने अध्ययनले देखाएको छ ।

बिहानको समयमा चिया र कफी पिउनुको सट्टा टमाटरको जुस पिउनुहोस्। तपाई तुरुन्तै ऊर्जावान महसुस गर्नुहुनेछ। यो जुसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ। जसले शरीरलाई फ्री रेडिकलले हुने क्षतिबाट पनि बचाउँछ। बिहान टमाटरको जुस पिएपछि घरबाट निस्कनुहोस् । दिनभर अफिसमा पूर्ण ऊर्जाका साथ काम गर्न सक्नुहुनेछ ।

टमाटरको जुसले छालामा पनि धेरै फाइदा गर्छ । छाला डढ्नबाट बचाउँछ। मुँहासे हटाउँछ। खुला छिद्रहरू बन्द गर्दछ। यति मात्र होइन, एक अध्ययनका अनुसार टमाटरको जुसले छालाको क्यान्सरको जोखिम पनि कम गर्छ ।

टमाटरको जुस कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन र आइरनले कपाललाई चम्किलो र जीवन दिन्छ । टाउको चिलाउने र चाँयालाई पनि राहत दिन्छ। यसका लागि स्याम्पु गरेपछि टमाटरको रसलाई टाउको र कपालमा हालेर केही बेर छोड्नुपर्छ । त्यसपछि चिसो पानीले कपाल सफा गर्नुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *