करणवीरविरुद्ध धोकाधडीको उजुरी
मुम्बई। भारतीय अभिनेता करणवीर बोहरासहित ६ जनाविरुद्ध धोकाधडीको आरोपमा उजुरी परेको छ। ४० वर्षीया महिलाले बोहरासहित ६ जनाविरुद्ध ओशिवारा प्रहरीमा उजुरी दिएकी हुन्। करणवीरमाथि ती महिलाले धोका दिएर ठगी गरेको आरोप लगाएकी छन्। महिलाले आफूले पैसा माग्दा अभिनेता र उनकी पत्नी तजिन्दर सिद्धूले गोली हान्ने धम्कीसमेत दिएको आरोप लगाएकी छन्।
ती महिलाका अनुसार करणसहित ६ जनाले उनलाई २ दशमलब ५ प्रतिशत व्याजमा पैसा फिर्ता दिने भन्दै पैसा ऋण लिएका थिए। महिलाका अनुसार हालसम्म उनले करिब ३ करोड रुपैंयाँमात्र फिर्ता पाएकी छन्। प्रहरीले उजुरीका विषयमा अनुसन्धान सुरु गरिसकेको छ।
कैयौं टेलिफिल्ममा अभिनय गरेका करण पछिल्लोपटक एकता कपुरको रियालिटी शो ‘लकअप’मा देखिएका थिए। उनले त्यहाँ आफू ऋणमा डुबेको खुलासा गर्दै रोएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment