वर्थ डे पार्टी मनाउँदा आगलागी, ८ जनाको मृत्यु

डिसी नेपाल
१ असार २०७९ १३:३७
272
Shares

तेहरान। तेहरानबाहिर जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये चार जना बालबालिका रहेका सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन्।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ। तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएकाे छ। ’

काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *