ब्वायफ्रेण्डलाई बलात्कार आरोपमा फसाउन आफैलाई कुटपिट, कपडा पनि च्यातिन्

डिसी नेपाल
१ असार २०७९ १६:०९
936
Shares

काठमाडौं । एक मोडलले आफ्ना पूर्व प्रेमीमाथि यौन आक्रमणको मुद्दा दायर गरिन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । मुद्दा अदालतसम्म पुग्यो । जहाँ मोडलका पूर्व प्रेमी निर्दोष भेटिए । अदालतले भन्यो – मोडलले पूर्वप्रेमीलाई झुटो आरोप लगाएकी हुन्।

२५ वर्षीया दिलारा कुर्सुनले प्रहरीलाई २८ वर्षीया ताइफुन किलिकले ब्रेकअपपछि आफूलाई जंगलमा लिएर गएको बताएकी थिइन् । उनले त्यहाँ किलिकले उनलाई कुटपिट गरेको, यौन दुर्व्यवहार गरेको र लुगा च्यातेको आरोप लगाइन् ।

यस मुद्दामा किलिक दोषी ठहर भएको भए उनलाई २० वर्षको जेल सजाय हुने थियो। तर, अदालतमा मुद्दाको सुनुवाइपछि किलिकले सफाइ पाएका छन् । अदालतले दिलाराले आफ्नै लुगा च्यातेको र आफैले आफूलाई चोट पुर्‍याएर किलिकलाई आरोप लगाएको ठहर गर्यो ।

अदालतमा मुद्दाको सुनुवाइका क्रममा किलिकले दिलाराको टाउकोको एउटा कपाल पनि नचलाएको बताए । रिपोर्टका अनुसार किलिक र दिलाराको सन् २०२१ को मेमा ब्रेकअप भएको थियो । त्यसपछि किलिकले सम्बन्धको लागि फेरि प्रयास गरेका थिए ।

दिलाराले दावी गरेकी थिइन् कि किलिकले जुन महिनामा उनीहरूको सम्बन्धको एनिभर्सरीमा अन्तिम पटक भेट्न आग्रह गरेका थिए। यस क्रममा उनले किलिकसँग आउन अस्वीकार गरेपछि उनी हिंसात्मक बनेका थिए ।

दिलारा सन् २०१६ मा मिस टर्की प्रतियोगिताको प्रतियोगी थिइन् । त्यसपछि उनले मिस टर्की ब्यूटी क्वीनको उपाधि पनि जितेकी थिइन् । किलिकले जबरजस्ती कारमा लगेर जंगलमा लगेर यौन दुव्र्यवहार गरेको उनले प्रहरीलाई बताएकी थिइन् ।

मुद्दा अदालतमा पुगेपछि प्रमाणको अभावमा किलिक रिहा भएका थिए । सुनुवाइका क्रममा किलिकले भने–हामीले एनिभर्सरीमा भेटेको हो । तर मैले उनीसँग कुनै यौन क्रियाकलाप गर्ने प्रयास गरिन। उनले आफैले आफैलाई चोट पुर्याएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *