३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

डिसी नेपाल
२ असार २०७९ ८:५९
352
Shares

नयाँ दिल्ली। सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन्। नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले नौं घन्टा सोघपुछ गरेको थियो। सोधपुछका लागि राहुललाई ईडीले पुनः शुक्रबार बोलाएको छ।

ईडीले उनीमाथि गरिएको सोधपुछको अडियो र भिडियो संस्करण रेकर्ड गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

पछिल्ला तीन दिनमा गान्धीसँग ईडीले ३० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिसकेको छ। कोभिड परीक्षणपछि अस्पतालमा भर्ना भएकी उनकी आमा तथा कांग्रेस प्रमुख सोनिया गान्धीको स्वास्थ्यमा सुधार आएपछि ईडीले सोधपुछ गर्ने भएको छ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *