अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

डिसी नेपाल
२ असार २०७९ १०:२९
376
Shares

न्युयोर्क। सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन्। यस महिनाको सुरुमा वाशिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो। ‘अन्ततः ४१ वर्ष २ महिना र १५दिनपछि स्वतन्त्रत !!!’, उनले बिहीबार ट्वीट गरेका छन्।

हाल ६७ वर्षीय हिन्क्लेले ३० मार्च १९८१ मा वाशिंगटनको एउटा होटलबाहिर रिभल्भरले पूर्वराष्ट्रपति रेगन र अन्य तीन जनालाई गोली हानेका थिए।

चलचित्र ‘ट्याक्सी ड्राइभर’ हेरेपछि अभिनेत्री जोडी फोस्टरप्रति ‘पागल’ बनेका हिन्कोले उनलाई प्रभाव पार्न गोलीकान्ड गरेको बताएका थिए। उनले गोली हानेका सबै जना बाँचेका थिए। यद्यपि, रेगनका प्रेस सेक्रेटरी जेम्स ब्राडीलाई आंशिक रूपमा पक्षाघात भएको थियो।

सन् १९८२ मा भएको सुनुवाईमा उनको मानसिक समस्यालाई आधार मान्दै हिन्कलाई निर्दोष सावित गर्दै वाशिंगटनस्थित सेन्ट एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी ३४ वर्ष रहे।

उनी सन् २०१६को सेप्टेम्बरमा रिहा भएका थिए। तर, प्रतिबन्धहरूको लामो सूचीअन्तर्गत उनी ६ वर्ष भर्जिनियाको एउटा गेट समुदायमा आफ्नी वृद्ध आमासँग बस्न बाध्य भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *