मुटु स्वस्थ राख्न यी कुराहरु खानुहोस्

डिसी नेपाल
२ असार २०७९ १२:०४

काठमाडौं । मुटु मानव शरीरको एक अङ्ग हो। यस अङ्ग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ । मुटु मानव तथा अन्य जनावरमा भएको पेशी अङ्ग हो, जसले रक्तनली मार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । मानव शरीरका अंगहरुको आ –आफ्नो विशेषता रहेको हुन्छ । मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न सकिएन भने मानिसले अकालमै ज्यान गुमाउनु पर्ने पनि हुन सक्छ । तसर्थ हामीले मुटुलाई स्वस्थ्य राख्नका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ ।

शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेतत विशेष भूमिका रहेको हुन्छ ।
के खाने ?
–बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ ।
–दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ ।
–बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ ।
–बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ ।
–बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।
–फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ ।
–फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ ।
–बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ ।

के नखाने?

– दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन ।
–नुन थपेर खाने बानी छोड्नुपर्छ ।
–मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन ।
–बेलुका माछा नखानु उत्तम हुन्छ ।
–घ्यू तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ ।
–खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *