साउदी अधिकारीले किन धमाधम इन्द्रेणी रङका खेलौना जफत गर्दैछन् ?

डिसी नेपाल
२ असार २०७९ १२:४५
10.7k
Shares

रियाद। समलैंगिकताविरुद्धको कदमको एक अंशकाे रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन्। राज्य सञ्चालित अल–अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन्। अधिकांश साना बच्चाहरूको लागि डिजाइन गरिएको बताइएको छ।

अभियानमा संलग्न वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले युवा पुस्तालाई लक्षित गर्दै इस्लामिक आस्था र सार्वजनिक नैतिकताविपरीत र समलैंगिकतालाई बढावा दिने वस्तुहरूलाई हटाएका छौं। ’

इन्द्रेणी झण्डातर्फ इशारा गर्दै एक पत्रकार भन्छन्, ‘रियादको एउटा बजारमा समलैंगिकता झण्डा छ।’ रंगले बच्चाहरूलाई ‘विषाक्त सन्देश’ पठाउँछ, रिपोर्टमा भनिएको छ। इस्लामिक सरिया कानूनको व्याख्याका लागि कुख्यात साउदी अरबमा समलैंगिकतालाई अपराध मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *