हामीले चुनावमात्र लडेनौं, अधिनायकवादसँग लड्यौँ : केपी ओली
फाइल फाेटाे।
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावमात्र लडेर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताएका छन्।
काठमाडौंमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले चुनावमात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताएका हुन्।
‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्यो,’ ओलीले भने, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो। बधाई छ।’ सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment