पाइलटहरूले एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेर भयंकर दुर्घटनाबाट बचाए, सयौं यात्रु जोखिममा थिए

डिसी नेपाल
२ असार २०७९ १३:२८
14.5k
Shares

काठमाडौं । श्रीलंकाको विमान ३५ हजार फिटको उचाइमा हुन सक्ने भयानक दुर्घटनाबाट जोगिएको छ । त्यो उडानले ब्रिटिस एयरवेजको विमानसँग सीधा टक्कर दिने जोखिम थियो, केवल १५ माइल मात्र दूरी बाँकी थियो। तर पाइलटको बुद्धिमत्ताका कारण त्यो दुर्घटना टरेको थियो र दुबै विमान आफ्नो गन्तव्यमा सुरक्षित अवतरण गराइएको थियो ।

श्रीलङ्का एयरलाइन्सको उडान युएल ५०४ जुन १३ मा लण्डनबाट कोलम्बोका लागि उडेको बताइएको छ । त्यतिबेला विमानमा २७५ यात्रु थिए । यात्राको क्रममा विमान टर्कीको हवाई क्षेत्रमा पनि प्रवेश गरेको थियो । त्यसपछि श्रीलंकाको विमानलाई ३३ हजारदेखि ३५ हजार फिटको उचाइमा आउन निर्देशन दिइएको थियो ।

तर विमानमा उपस्थित पाइलटहरूले उनीहरूबाट १५ माईल टाढा ब्रिटिस एयरवेजको विमान पनि उडिरहेको पाए। त्यतिबेला यसको उचाइ ३५ हजार फिट थियो । यो कुरा पाइलटहरुलाई थाहा हुने बित्तिकै उनीहरुले आफ्नो विमान माथि उठाउन अस्वीकार गरेका थिए ।

श्रीलंकाको विमानमा उपस्थित पाइलटहरूले यसबारे अंकारा एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका थिए। तर ट्राफिक नियन्त्रकले दुईपटक बाटो स्पष्ट भएको भन्दै पाइलटहरूले आफ्नो विमान ३५ हजार फिटको उचाइमा लैजानुपर्ने बताए ।

तर, पछि नियन्त्रक आफैले अर्को आदेशमा श्रीलंकाका पाइलटहरूलाई ३५ हजार फिटको उचाइमा नजान भने किनभने उनीहरूले त्यहाँ अर्को विमान पत्ता लगाएका थिए। श्रीलंकाको विमान एयर कन्ट्रोलरको आदेशअनुसार अग्लो उचाइमा उडेको भए ब्रिटिस एयरवेजको विमानसँगको ठक्करबाट जोगिन नसक्ने बताइएको छ ।

तर पाइलटहरूले समयमै निर्णय लिएका कारण ठूलो दुर्घटना हुनबाट जोगियो । जारी विज्ञप्तिमा श्रीलंका एयरलाइन्सले आफ्ना पाइलटहरूको खुलेर प्रशंसा गरेको छ। उनीहरुका कारण सबै २७५ यात्रु सकुशल गन्तव्यमा पुग्न सफल भएको जनाइएको छ । अन्य विमानको जानकारी समयमै प्राप्त भएकाले विमानमा रहेको अत्याधुनिक सञ्चार र निगरानी प्रणालीलाई पनि एयरलाइन्सले श्रेय दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *