पहिरोले अवरुद्ध भैसे-भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

डिसी नेपाल
४ असार २०७९ ९:२८

मकवानपुर। पहिरोका कारण अवरुद्ध भैसे-भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ।

भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरुपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

यस्तै, हेटौँडा-भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन ।

केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको भीमफेदी प्रहरीले जनाएको छ । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *