दयाहाङ र सौगातको ‘२ नम्बरी’ फस्टलुक
काठमाडौं। रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ। दीपक मनांगे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।
फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ। फिल्ममा दया र सौगातको गेटअप केही फरक छ। दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने निश्चित छ।
फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ। सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा मिठु तामाङ्नी छिन्। फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ। यो फिल्म ४ कात्तिकबाट तिहारको अवसरमा रिलिज हुँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment