‘सर्वगुण सम्पन्न’मा वाणी ‘पोर्नस्टार’

डिसी नेपाल
८ असार २०७९ ८:५३
21.0k
Shares

मुम्बई। अभिनेत्री वाणी कपुरले फिल्म ‘शुद्ध देशी रोमान्स’बाट बलिउडमा पाइला चालिन्। जुन फिल्ममा उनको सीमित दृश्य मात्र थियो। तर पनि उनलाई दर्शकले ‘नोटिस’ गरे । फिल्म ‘वार’ र ‘बेल बटम’ जस्ता फिल्ममा उनको दमदार उपस्थितिले दर्शकलाई केही राहत मिल्यो। केही फिल्ममा गरेको सशक्त अभिनयले उनी एक नयाँ फिल्ममा भने बिल्कुल फरक अवतारमा देखिँदैछिन्।

यिनै वाणीले एक सोसियल—कमेडी फिल्म ‘सर्वगुण सम्पन्न’ मा हस्ताक्षर गरेकी छन्। जुन फिल्मलाई दिनेश भिजनको म्याडडक फिल्मस्ले निर्माण गर्दैछ। महिला केन्द्रीत यो फिल्मले सन् ९० को दशकको कथा बोल्नेछ । जसमा वाणीले ‘पोर्न स्टार’को चरित्र निभाउँदै छिन्।

‘दिनेश भिजनले उच्च सोच र विकसित कथासहित एक सानो ठाउँको लोकप्रिय पोर्न स्टार महिलाको भूमिकामा अभिनय गर्नेछिन्। फिल्ममा वाणी संघर्षशिल, बोल्ड र आफ्नो अस्थित्वका लागि लड्ने एक सशक्त महिला चरित्रमा देखिनेछिन्,’ फिल्म निकट स्रोतले भन्यो।

फिल्ममा सोनाली रतनको डेब्यू निर्देशन रहनेछ। सोनाली फिल्मकर्मी कुनाल देशमुखकी श्रीमती हुन्। उनले यसअघि ‘जन्नत’, ‘तुम मिले’, राजा नटरवाल’ र ‘सिद्धत’ जस्ता फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेकी छन्।

सन् २०१३ मा फिल्ममा पाइला चालेकी वाणीले पहिलोपटक ‘सर्वगुण सम्पन्न’मा मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्दैछिन् । फिल्मको छायांकन केही महिनाभित्रै सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *