यस्तो छ राकेश रोशनको शिर मुण्डनको रहस्य

डिसी नेपाल
८ असार २०७९ १०:२५
508
Shares

मुम्बई। अभिनेता ऋतिक रोशनका निर्देशक पिता राकेश रोशन हेर्दा निकै आकर्षक देखिन्छन्। तर, उनको शिर मुण्डन शैली जोकोहीका लागि चासोको विषय बन्छ। उनको शिर मुण्डनलाई लिएर फिल्मकर्मीको अनेक अड्कलबाजी रहन्छ। अर्थात कतिपयले उनलाई केही बिरामी भएर शिर मुण्डन गरेकोसम्म भनेका छन्। तर यसको वास्तविकता भने अर्कै छ।

एक समय राकेश बलिउडका लोकप्रिय अभिनेता थिए। यद्यपि उनले अभिनयलाई छोडेर निर्देशनमा हात हाले। अहिले उनी बलिउडका चलेका निर्देशकमा पर्छन्। उनले शिर मुण्डनको निर्णय लिनु पनि निर्देशकीय कामकै कारण भएको हो।

राकेशले सन् १९८७ मा रिलिज फिल्म ‘खुदगर्ज’बाट निर्देशनमा पाइला चालेका थिए। उनले यो फिल्मको सफलताका लागि तिरुपती बालाजीको दरबारमा भाकल गरेका थिए। उनले भाकलमा आफ्नो फिल्म सफल भएमा शिर मुण्डन गर्ने वाचा गरेका थिए । नभन्दै फिल्म सफल भयो र उनले शिर मुण्डन गरे।

तर, फिल्म सफल भएपछि उनले तत्कालै शिर मुण्डन गरेनन्। उनकी पत्नीले राकेशलाई भाकल बारे सम्झाएपछि तिरुपती गएर आफ्नो कपाल दान दिए र कहिल्यै पनि शिरमा कपाल नराख्ने कसम खाए । जसकारण आजसम्म उनी कपालविहिन जीवन बिताइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *