पप गायक विजय लामाले ल्याए ‘नलाउ भन्छु माया’
काठमाडौं। पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन्।
गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ। जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ।
शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिङ छ। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको सुटिङ नगरकोटमा गरिएको हो।
गायक लामाका तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु आउँदिनलगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन्। भिडियो उनको आफ्नै युट्युब च्यानल विजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment