कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म लाइभ इभेन्ट’ ले गर्ने

डिसी नेपाल
८ असार २०७९ १४:११
100
Shares

काठमाडौं। सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यावयसायिक सम्झौता भएको छ।

७ असारमा भएको सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्मलाइभ इभेन्ट (एनएलई) ले गर्ने गायक विवेक श्रेष्ठले बताए।

‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं। संगीत पूर्णरुपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्मलाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो,’ उनले भने।

उनका अनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *