ब्याटल भूमिको घोषणा

डिसी नेपाल
९ असार २०७९ ७:२६
212
Shares

काठमाडौं। र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि यसको निर्माण समूहले नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने भएको छ। नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिइएको छ। अडिसन २ जुलाईसम्म हुनेछ।

आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ। सुदिप पोख्रेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन्। शोमा निर्णायकको रूपमा मानस घले, कवि जी रहेका छन् भने नयाँ एक निर्णायकको चाँडै घोषणा गरिनेछ।

कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् भने सहनिर्मातामा मनोज सापकोटा छन् । साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोको विजेताले पाँच लाख रुपैंयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *