‘आदिपुरुष’का लागि प्रभासले मागे १२० करोड भारु

डिसी नेपाल
९ असार २०७९ ८:५०
424
Shares

मुम्बई। प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए। उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन्।

प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन्। उनले निर्मातासँग १ सय २० करोड भारु पारिश्रमिक मागेका छन्। जबकी यसअघि उनले ९० देखि १०० करोड भारु पारिश्रमिक बुझ्दथे।

प्रभासको मागले निर्माताहरु सशंकित छन्। किनकी फिल्मका लागि अझै पनि केही दृश्य खिच्न बाँकी नै छ। प्रभासको मागले फिल्मको बजेट थप २५ प्रतिशत बढ्ने निर्माताहरुले उल्लेख गरेका छन्।

प्रभास अभिनित सन् २०१९ को फिल्म ‘साहो’ र यसै वर्ष रिलिज फिल्म ‘राधे श्याम’ बक्सअफिसमा असफल साबित भइसकेको छ। दुई फिल्म फ्लप हुँदा पनि प्रभासले पारिश्रमिक किन बढाए भन्ने कुरामा निर्माता चकित परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *