फरिदावाद नगर समितिको २०औँ सम्मेलन

डिसी नेपाल
१० असार २०७९ १२:१२
104
Shares

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत हरियाणा-राजिस्थान संयुक्त राज्य समिति माताहत संचालित फरिदावाद नगर समितिले आइतवार २०औ नगर सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनले जगत रानाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ। साथै समितिले पुन सीबी सारुलाई नगर सचिवको जिम्मेवारी दिएको छ।

संघको केन्द्रिय उपाध्यक्ष सिता अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय उपाध्यक्ष मोहन थापा, केन्द्रिय सह-कोषाध्यक्ष केशवराज अधिकारी, सचिवालय सदस्य जीवन थापा, हरियाणा राज्य समिति अध्यक्ष ऋषिराम शर्मा, उपाध्यक्ष शिवकुमार मल्ल, सचिव चन्द्रबहादुर गुरुङ्ग, सदस्यहरु पदम थापा, भिमकला राना, लगाएतका नेता तथा कार्यकर्ताको उपस्तिथी रहको थियो।

कार्यक्रम श्री पशुपतिनाथ मन्दिर, सेक्टर-२२ फरिदावादमा आयोजना गरीएको थियो। जन जागृति परिवारले प्रस्तुत गरेका बिबिध सांस्कृतिक कार्यक्रमले कार्यक्रम झनै रोचक देखिएको थियो। कार्यक्रममा मेवला महाराजपुर्, धारुहेर, भिवानी लगीएतका छिमेकी नगर समितिहरु बाट समेत प्रतिनिधित्व रहेको थियो। ४ जुलाई १९८१ मा गठीत् यो नगर समिति राज्य कै सबै भन्दा पुरानो र क्रियाशील नगर समिति हो।

“केन्द्रिय समितिको निर्देशनअनुसार लामो समय सम्म स्थिर रहेका प्रवासी नेपाली संघ भारतका राज्य, नगर र प्रास समितिहरु जुलाई भित्र सम्मलेन गरेर पुनर्गठन गर्नुपर्ने छ।’ केन्द्रिय महासचिव टिका पौडेलले बताए। साथै केन्द्रिय समिति पनि सम्मेलनमा जुटिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.