फिल्म ‘रीत’को छायांकन पूरा

डिसी नेपाल
१२ असार २०७९ १०:२६
116
Shares

काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म ‘रीत’को छायांकन पूरा भएको छ। दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको फिल्मले शनिबार राजधानीमा इन्डक्ल्याप गर्दै फिल्मको छायांकन पुरा भएको जानकारी दिएको हो।

निर्देशक लिङ्देनले फिल्ममा लिम्बु जातिको विवाहमा हुने संस्कारलाई देखाइएको बताए। फिल्म ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकामा समेत छायांकन गरिएको छ। इन्डक्ल्यापमा कलाकार तथा निर्देशक अशोक शर्माले राज्यले नेपाली कला र संस्कृतिको कथामा निर्माण हुने फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताए।

फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङबो, सोनु लिम्बु, पुर्ण सेलिङ, दिनेश माङमु, रत्ना लिङ्देन, राजु घिमिरे, भीम थेबे, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङ, प्रभु कुरुम्वाङको अभिनय छ। होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेको फिल्ममा वसन्त थेवे सह—निर्माता र मिक हाङ लिङ्देन प्रस्तुतकर्ता छन्।

फिल्ममा मान तबेबुङ र अशोक राईको संगीत, श्रेयसी चेम्जोङ, सुसन साम्सोहाङ र मान तबेबुङको गायन, दिनेश माङमुको कोरियोग्राफी र सुमन तामाङको छायांकन छ। सागर केरुङको कथा र भाषा अनुवाद रहेको फिल्म भदौमा देशदेखि विदेशशमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *