अमेरिका–इरान आणविक सम्झौताबारे वार्ता चाँडै सुरु हुँदै

डिसी नेपाल
१२ असार २०७९ १२:०९
20
Shares

काठमाडौं । सन् २०१५ को आणविक सम्झौतालाई पुनर्स्थापित गर्न अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता चाँडै सुरु हुनेछ। इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहायनले भने, “हामी आगामी दिनमा पुनः वार्ता सुरु गर्न तयार छौं। इरानले सन् २०१५ मा भएको सम्झौताको आर्थिक लाभ पूर्ण रूपमा उठाउनु महत्त्वपूर्ण छ।”

यसका लागि युरोपियन युनियनका विदेश नीति प्रमुखसँग लामो तर सकारात्मक भेट भएको उनले बताए ।

आणविक सम्झौता मार्चमा पुन: सुरु हुने नजिक भएको देखिएको थियो, जब अमेरिका र इरानका विदेश मन्त्रीहरूलाई सम्झौतालाई अन्तिम रूप दिनको लागि ११ महिनाको अप्रत्यक्ष वार्तापछि भियना बोलाइएको थियो। तर इरानले आफ्नो एलिट सेक्युरिटी फोर्स इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई आतंकवादी संगठनको सूचीबाट हटाउन आग्रह गरेपछि वार्ता रोकिएको छ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए । त्यसयता संकटको बादल मडारिएको छ । यस सम्झौता अन्तर्गत, इरानको आणविक संवर्धन कार्यक्रम सीमित गर्ने बदलामा, उसमाथि लगाइएको आर्थिक प्रतिबन्धहरूमा केही छुट दिइने थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *