बंगलादेशमा राष्ट्रिय गौरवको पद्मा पुलः एडीबीले हात झिक्यो, सरकारले सम्पन्न गरेरै छाड्यो
ढाका। बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ। लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज अनावरण गरिएको हो। ६ दशमलब १५ किलोमिटर लमो उक्त पुलको प्रधानमन्त्री शेख हसिना वाजिदले शनिबार उद्धघाटन गरिन्। पुलले राजधानी ढाकलाई देशको दक्षिणी क्षेत्रका जिल्लाहरुसँग जोड्छ । पुल निर्माण गर्न ३ दशमलब ६ अर्ब लागत लागेको थियो । पूर्णरूपमा स्वदेशी लगानीमा पुल निर्माण भएको हो। पुल आईतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
बंगलादेशको अहिलेसम्मको सबैभन्दा लामो यस पुललाई ‘राष्ट्रिय गौरवको प्रतीक’ भनिएको छ। सन् २०१५ मा पुल निर्माण सुरु गरिएको थियो। पुल निर्माण सम्पन्न हुने बारेमा धेरैले चासो र आशंका गरेका थिए। पुल निर्माणका लागि सुरुमा विश्व वैंकेले १ दशमलब २ अर्ब बिलियन ऋण सम्झौता गरेको थियो। चार लेनको यो पुलमा गाडी र रेल दुबै गुड्न मिल्छ।
तर, भ्रष्टाचारको आरोप लगाउँदै सन् २०१२ मा विश्व बैंकले परियोजनाबाट हात झिकेको थियो। त्यसको तीन वर्षपछि सरकारले आफ्नै लगानीमा पुल निर्माण सुरु गरेको थियो। परियोजना सम्पन्न गर्न सरकारले आफै लगानी गर्ने प्रधानमन्त्रीले घोषणा गरेकी थिइन्।
‘यो पद्मा पुल इँटा र सिमेन्टको थुप्रो होइन, बंगलादेशको गौरव, सम्मान र क्षमताको प्रतीक हो,’ पद्मा पुल देशको गौरव बताउँदै उनले भनिन् , ‘हामीले सक्छौं भनेर संसारलाई देखाएका छौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment