मोटाउँदा ट्रोल बने अल्लू अर्जुन
मुम्बई। साउथ स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ पनि अझ बढेको छ। फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो। अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा छन्। जसको सुटिङ चाँडै सुरु हुँदैछ।
अल्लूले सिक्वेलका लागि आफ्नो तौल पनि बढाएका छन्। जसकारण उनी ट्रोलरको निसानामा परेका छन्।
हालैमात्र अल्लू प्रिन्टेड निलो टी सर्ट र कालो ट्राउजरमा सार्वजनिक रूपमा देखिएका थिए। उनको बढेको कपाल र दाह्री देखेर फ्यान खुसी थिए। तर त्यही ट्रोलरले भने उनलाई निसानामा पारे। सामाजिक सञ्जालमा भाइरल भएको उनको तस्बिरमा ट्रोलरले ट्रोल बनाइरहेका छन्।
‘यो कुनै सडक छाप चोर जस्तै देखिएको छ। साउथवाला यो भिखारीका लागि किन पागल हुन्छन्’, एक प्रयोगकर्ताले लेखेका छन्। अर्काले ‘दिनदिनै बुढो हुँदैछ’ भनेर लेखेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment