मालिकले ‘निराश’ बनाए तर अपरिचित व्यक्तिहरूले कर्मचारीलाई दिए २ करोड रुपैयाँ !

डिसी नेपाल
१३ असार २०७९ १५:४५

काठमाडौं । अपरिचित व्यक्तिहरूले उनलाई करिब २ करोड रुपैयाँ दान दिएपछि उनको खुसीको सीमा रहेन । ६० वर्षीय वृद्धको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अपरिचित व्यक्तिहरूले अनलाइनबाट २ करोड रुपैयाँको कोष उठाएर वृद्धलाई आर्थिक सहयोग गरेका छन् । ती व्यक्ति बर्गर पसलमा काम गर्छन्।

हालै ६० वर्षीय केभिन फोर्डको एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा उनलाई बर्गर किङमा २७ वर्षसम्म कुनै बिदा नलिई काम गरेकोमा सम्मान गरिएको थियो ।

यस क्रममा कम्पनीले केभिनलाई केही उपहार दिएको थियो । उपहारमा सिनेमाको टिकट, क्यान्डी झोला, कफी मग, कलम आदि समावेश थियो । केभिनले उपहार पाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।

अमेरिकाको नेभाडा निवासी केभिन फोर्ड यस सम्मानबाट खुसी भए पनि इन्टरनेट प्रयोगकर्तालाई कम्पनीले ‘सस्तो उपहार’ दिएको मन पराएनन् ।

२७ वर्षको मेहनतको बदलामा सिनेमाको टिकट, क्यान्डी बक्स आदि मात्रै दिनु थोरै भएको उनीहरूले बताएका छन् । प्रयोगकर्ताहरूले कम्पनीको यो उपहारलाई ‘निराशाजनक’ भनेका छन् र यसको विरुद्ध आवाज उठाउन थालेका छन्। यसैबीच, केही प्रयोगकर्ताहरूले केभिनलाई मद्दत गर्न अपील गरे।

‘द मिरर’ को रिपोर्ट अनुसार त्यसपछि केभिनकी छोरीले गोफण्डमी पेज बनाएर सहयोग गर्नेहरूलाई सजिलो बनाइन्। गोफण्डमी एक क्राउडफन्डिङ प्लेटफर्म हो जसले मानिसहरूलाई रकम जुटाउन मद्दत गर्दछ। केभिनको छोरीको यो पृष्ठ हेर्दा आर्थिक सहयोगीहरूको लाइन थियो। केही दिनमै मानिसहरूले केभिनलाई लाखौं रुपैयाँ दान दिए ।

यो समाचार तयार पार्दासम्म करिब ५ हजार मानिसले गोफण्डमी पेजमा दान गरेका छन् । चन्दा रकम एक लाख ५७ हजार डलरभन्दा धेरै (करिब २ करोड रुपैयाँ) पुगेको छ । दातामध्ये एक चर्चित कमेडियन डेभिड स्पेड थिए, जसले एक्लै ५ हजार डलर दान गरेका थिए ।

यति ठूलो रकम देखेर केभिन र उनकी छोरीको खुशीको सीमा रहेन। अपरिचितको उदारता देखेर उनी भावुक भए । बर्गर किंगका कर्मचारी केभिन फोर्डले आफ्ना पहिलो दुई छोराछोरीको अभिभाकत्व प्राप्त गर्न कम्पनीमा एकल बुबाको रूपमा काम गर्न थालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *