तेल नभएपछि देशैभरी सेना परिचालन, स्कुल बन्द, कर्मचारीको काम घरबाटै

डिसी नेपाल
१३ असार २०७९ १६:३२

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । विदेशी मुद्राको चरम अभावका कारण श्रीलंकाले आफ्ना नागरिकका लागि अत्यावश्यक वस्तु आयात गर्न सकेको छैन । श्रीलंकामा पेट्रोल-डिजेलको सन्दर्भमा यस्तो अवस्था सिर्जना भएको छ कि सरकारले सेना परिचालन गर्नुपर्ने भएको छ ।

श्रीलंकाका सैनिकहरूले सोमबार इन्धनको चरम अभावका बीच पेट्रोलको लागि लाइनमा बसेका मानिसहरूलाई टोकन वितरण गरे। यसैबीच, इन्धन बचत गर्न सरकारले विद्यालय बन्द गरेको छ भने कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

श्रीलंकाले विदेशी मुद्राको चरम अभावको सामना गरिरहेको छ । जसका कारण उसले खाद्यान्न, इन्धन, औषधिलगायत अत्यावश्यक वस्तु आयात गर्न पाएको छैन । सरकारले आफ्ना नागरिकका लागि विदेशी मुद्रा भण्डारणको सीमा तोकेको छ । अब श्रीलंकाका मानिसले आफूसँग १० हजार डलर मात्रै विदेशी मुद्रा राख्न सक्नेछन्, जहाँ यसअघि यो सीमा १५ हजार डलरसम्म थियो ।

रोयटर्सका अनुसार मानिसहरू केही दिनदेखि पेट्रोल र डिजेलको लागि लाइनमा बसेका छन्। ६७ वर्षीय अटोरिक्सा चालक डब्ल्यू.डी. शेल्टनले भने कि म चार दिनदेखि लाइनमा छु। यो अवधिमा राम्ररी सुत्न र केही खान पाइन । कमाउन सकेनौं भने परिवारलाई कसरी खुवाउने ?’ उनी श्रीलंकाको राजधानी कोलम्बोको इन्धन स्टेशनमा २४ नम्बर लाइनमा उभिरहेका थिए ।

श्रीलंकासँग करिब ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोलको भण्डार छ । आइतबार विद्युत तथा उर्जामन्त्री कञ्चना विजेसेखेराले तेलको नयाँ खेप कहिले आउने हो, केही भन्न नसकिने बताइन् । सरकारले कर्मचारीलाई अर्को सूचना नभएसम्म घरबाटै काम गर्न भनेको छ । यसैबीच, राजधानी कोलम्बो र आसपासका क्षेत्रमा एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

श्रीलंकाले ५१ अर्ब डलरको वैदेशिक ऋण तिर्न असमर्थ छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि नागरिकलाई इन्धन कम प्रयोग गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *