महाँकाल गाउँपालिकाको नाम परिवर्तन निर्णय विवादमा, ज्ञापनपत्र बुझाउदै एमाले

डिसी नेपाल
१४ असार २०७९ ९:२९
168
Shares

ललितपुर। ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँसभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ। गत असार १० गते बसेको दोस्रो गाउँसभाले गाउँपालिकाको नाम महाँकाल बैतरणी बनाउनेका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो।

एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्वसहमति नामाकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यावहारिक भएको बताए।

आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ। गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयसँगै यहाँ विभिन्न नाम राख्नुपर्ने तर्क सुरु भएको छ। पालिकामा कालेश्वर, सिम्बा झरना, विविरेचौर,बैर्तणी,तोक्तोङगुम्बा नाम राख्नु पर्ने विवाद उत्पन्न भएको छ।

राज्य पुनर्संरचनाका बेला बुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठूलादुलुङ गाविसलाई क्रमशः वडा बनाएर गाउँपालिका गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *