अछामका विनोद शाहीको हत्या प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

डिसी नेपाल
१९ असार २०७९ १४:५८
496
Shares

काठमाडौं। हत्या अभियोगमा मेयरसहित ७ जना पक्राउ परेका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा किशोर विनोद शाहीको हत्या संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेको अछाम प्रहरीले जनाएको छ।

शाहीको हत्या भएको भन्दै आफन्तहरुले नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए। सोही आधारमा मेयर सहित सात जना पक्राउ परेका हुन्।

गत जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो। त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए ।

यसअघि जाहेरी दर्ता भएको मध्ये पाँचजनालाई पक्राउ गरेको र अन्य दुईजनालाई शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। शनिवार मेयर चलाउने र नेत्र शाहीलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *