भट्टराई थप अप्ठ्यारोमा

डिसी नेपाल
२१ असार २०७९ ६:४०
200
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष उन्मुख भएको छ।

असार २७ गतेदेखि वीरगन्जमा बस्ने केन्द्रीय समिति बैठकले जसपाको भविष्य निर्धारण हुने आकलन गरिरहेका बेला प्रधानमन्त्री देउवाले अध्यक्ष यादवलाई सहज हुने गरी तीन मन्त्री हेरफेर गरिदिएपछि भट्टराई थप अप्ठ्यारोमा परेका छन्।

भट्टराई पक्षमा देखिएका केही नेतालाई सरकारमा समेट्दै यादवले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको अनुरोधलाई देउवाले स्वीकार गर्दै सोमबार तीन नयाँ नेतालाई सरकारमा सहभागी गराएका छन्।

यसअघि सरकारमा सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्यलाई यादवले फिर्ता बोलाएका हुन् । मन्त्री बनाइएका सबै यादवसँग असन्तुष्ट भएर भट्टराई पक्षमा लागेकाहरू हुन्। नागरिक दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *