प्रेस युनियनका पूर्वअध्यक्षहरुसँग शेखर कोइरालाको छलफल
काठमाडौं।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरुसँग छलफल गरेका छन्।कोइरालाको सचिवालय अनुसार आसन्न प्रेस युनियनको महाधिवेशनको बारेका पूर्वअध्यक्षहरुसँग छलफल गरिएको छ।
छलफलमा तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, रमेश तुफान, किरण पोख्रेल, कबिर राणा, बिपुल पोख्रेल, पोषण केसीलगायतकाे उपस्थिति रहेको छ। ।नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको नवौँ महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा सम्पन्न हुन गईरहेका बेला नेता कोईरालाले प्रेस युनियनका अग्रज नेताहरुसँग भेट गरेका हुन्।
सो भेटमा कांग्रेस सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार केन्द्रीय सदस्य सञ्जय गौतमको पनि उपस्थिति रहेको थियो ।कोइरालालले आइतबार पनि कांग्रेसका पुराना नेताहरुसँग छलफल गरेका थिए। सो छलफलमा बलबहादुर केसी, नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला सहभागी रहेका थिए ।












डिसी नेपाल








Facebook Comment