अर्थमन्त्रीलाई बर्खास्त गरी कारबाही गर्न विवेकशील साझा युवा संगठनको माग

डिसी नेपाल
२१ असार २०७९ २१:५९
56
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गरी कारबाही अघि बढाउन विवेकशील साझा युवा संगठनले माग गरेको छ।

गत जेठ १४ गते अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुईजना अनाधिकृत व्यक्तिहरूले आर्थिक विधेयकमा करको दायरा हेरफेर गरेको भन्दै संगठनले अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गरी कारबाही गर्न विज्ञप्तिमार्फत् माग गरेको हो।

संगठनले सिसिटिभी फुटेज सार्वजनिक गर्न, आरोपित अर्थमन्त्रीलाई बर्खास्त गर्न र उनीमाथि तत्काल कानुनी कारबाही अगाडि बढाउन पनि माग गरेको छ।

‘बजेटजस्तो संवेशनशील सार्वजनिक दस्तावेजमाथि सरकारको मन्त्रीको नेतृत्वमा किर्ते हुनु, विदेशी नागरिकसहित व्यापारिक स्वार्थ जोडिएका अनधिकृत व्यक्तिहरूलाई गोप्य दस्तावेजमा मध्यराति केरमेट हुनु हाम्रो लागि राष्ट्रिय लज्जाको विषय हो। संदिग्ध अर्थमन्त्रीमाथि राष्ट्रद्रोहको फौजदारी अभियोग लगाएर अनुसन्धान हुनुपर्ने मुद्दामा संसदीय छानविन पनि हुन नसक्नु र अनुसन्धानमा सहायक हुने सिसिटिभी फुटेज सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सिसिटिभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ को व्यवस्थाविपरीत अर्थमन्त्रालयले १३ दिनमै मेटिएको प्रतिक्रिया दिनुले यो घटनामा सत्ता गठबन्धन र प्रतिपक्षी दलको समेत मिलेमतो रहेको पुष्टि हुन्छ’, विज्ञप्तिमा भनिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.