रामेछाप बस दुर्घटनाबाट अध्यक्ष दाहाल मर्माहत

डिसी नेपाल
२२ असार २०७९ ९:०३
280
Shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्  ।

आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस सुनापति गाउँपालिकास्थित पिपलडाँडामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.