अर्थमन्त्री शर्माले आजै राजीनामा दिने

डिसी नेपाल
२२ असार २०७९ १२:००
11.7k
Shares

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने भएका छन्। संसद बैठकपछि मन्त्री शर्माले राजीनामा दिने भएका हुन्।

मंगलबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा अर्थमन्त्रीले राजीनामा दिने सहमति भएको हो।

प्रचण्ड निकट स्रोतका अनुसार अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राखेर राजीनामा दिने सहमति भएको हो।

बजेट निर्माणको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर भएको सार्वजनिक भएपछि अर्थमन्त्रीमाथि राजीनामाको दबाव बढिहरेको छ।

अनाधिकृत व्यक्ति प्रवेश गरेको सीसीटीभी फुटेज डिलिट भएको सार्वजनिक भएपनि अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि पनि दबाव बढिरहेका बेला उनले राजीनामा दिने लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.